Saturday, January 22

BREAKING NEWS : भ्रष्टाचारमा मुछिएपछि गृहमन्त्रीले दिए राजीनामा !(पूरा हेर्नुस्)

April 13, 2021 263

BREAKING NEWS : भ्रष्टाचारमा मुछिएपछि गृहमन्त्रीले दिए राजीनामा !(पूरा हेर्नुस्)
चैत, काठमाडौं । भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् । केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो । पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए । सोमबार मुम्बईको उच्च अदालतले सोही विषयमा अनुसन्धानको लागि सीबीआईलाई आदेश दिएको हो । अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस्