Monday, June 14

माधव नेपाललाई ओलीको आग्रह : आत्मालोचना गरेर पार्टीमा फर्किनुस्

April 12, 2021 120

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उनले चेतावनी दिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।

उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उनले बताए । आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले अघि भने, ‘म सीमा हेरिरहेको छु ।’

प्रतिकृया दिनुहोस्