Sunday, May 16

राजनैतिक संकट चुलिएका बेला प्रधानसेनापति पुर्णचन्द्र थापाले देखाए यस्तो संकेत राष्टिय

April 12, 2021 42

राजनैतिक संकट चुलिएका बेला प्रधानसेनापति पुर्णचन्द्र थापाले देखाए यस्तो संकेत

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको कदमलगत्तै भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रमुख सैनिक अधिकारीहरूको बैठक बसेको थियो । बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले संसद् विघटनपछि मुलुकमा आइपर्ने सुरक्षा चुनौती र सेनाले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरेका थिए । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले उक्त बैठक सेनाको नियमित भएको बताए । तर बैठकमा राजनीतिक घटनाक्रमले मुलुकमा निम्त्याउने सुरक्षा संवेदनशीलताका विषयमा समेत छलफल भएको थियो । ‘नयाँ घटनाक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती नै हाम्रो चासो हो,’ उनले भने, ‘अन्य राजनीतिक र संवैधानिक विषयमा हाम्रो चासो भएन ।’

बैठकलगत्तै प्रधानसेनापति थापाले आकस्मिक रूपमा आठवटै पृतनापतिहरूसँग भिडियोमार्फत पछिल्लो घटना र यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीका बारेमा छलफल गरेका थिए । छलफलमा उनले पृतना प्रमुखलाई स्थानीय तह, प्रमुख जिल्ला अधिकारी र प्रदेशसँग मिलेर सुरक्षा चुनौतीको सामना गर्न निर्देशन दिए । नयाँ घटनाक्रमसँग मुलुकमा आउन सक्ने सुरक्षा चुनौतीका लागि नेपाली सेनाले सार्वजनिक सुरक्षा ऐन, २०२८ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्ने बताए । प्रधानसेनापतिले यसअघिको विभिन्न पृतनाको भ्रमणमा पनि स्थानीय अधिकारीहरूसँग मिलेर सुरक्षा दिन सहयोग गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताए ।

 

प्रतिकृया दिनुहोस्