Sunday, May 16

सकुनीले पासा फ्याँकेजसरी पुन संसद विघटन नगर्नुस् : प्रदीप गिरी

April 12, 2021 96

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद प्रदीप गिरीगिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । तर दिन प्रतिदिनको विवाद संसदको भनाभनबाट समाधान ननिस्कने भन्दै उनले राष्ट्रिय सहमति खोज्नुपर्ने बताए ।

गिरीले भने, ‘जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो संसद विघटन गर्ने दिशामा नगइयोस् ।

चुनाव नगर्ने हो भने संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने सांसद गिरीले बताए ।
मुलुकको सबैभन्दा बलियो मानिसले ‘मै ठीक छ, मेरो कुरा मान’ भनिरहेको भन्दै उनले भने, ‘लामो समय जेल रहनुभएको, दुःख गर्नुभएको प्रधानमन्त्री ओलीलाई भन्छु, आजको राष्ट्रिय नियतलाई आफ्नो तजबिजको कुरा नमानी संसदमा उपस्थित प्रत्येक पार्टी, संसदभन्दा बाहिर रहेको नागरिक समाजले उठाएका एकपछि अर्को सवाललाई सम्बोधन गरी नयाँ उचाइ प्राप्त गर्नुस् ।’

प्रतिकृया दिनुहोस्