Monday, June 14

पन्ध्र सन्तानकी आमा ७१ बर्षीया नन्दकुमारी अलपत्र अबस्थामा

April 12, 2021 128

तनहुँ ३० चैत – जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आउनुभएकी ७१ बर्षीया नन्दकुमारी दवाडी । उहाँले पन्ध्र वटा सन्तान जन्माए पनि चौध वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा अलपत्र पर्दै आउनुभएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृ त्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उहाँको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उहाँको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृ त्यु भएको जानकारी दिनुभयो । गएको फागुनमा उहाँ भारतबाट घर फर्किनु भएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ । ‘‘सङ्क्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृ त्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना सङ्क्रमितको मृ त्यु भएको हो ।’’

प्रतिकृया दिनुहोस्