Sunday, May 16

माइतीघरमा नारा : मध्यरातमा ‘रअ’ करायो लिम्पियाधुरा कता हरायो?

April 11, 2021 131

काठमाडौं : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले मध्यरातमा रअ करायो लिम्पियाधुरा कता हरायो?, ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लाकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए।

त्यस्तै, उनीहरूले उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लगायतका नारा लगाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेका थिइन्। तर ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।

प्रतिकृया दिनुहोस्