Sunday, May 16

आज बसेको बैठक बाट ओली लाई कसैले सत्तावाट हटाउन लगाए यस्तो निर्णय पुरा हेर्नुहोस् भिडियो सहित।

April 11, 2021 132

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तावाट हटाउन अहिले करिब सबै दल एक देखिएका छन् । सत्ता साझेदारीका लागि दावी गर्न सक्ने हैसियत भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सबै ओलीलाई सरकावाट वाहिर पठाउने योजनामा छन् । तर पनि ओली टस को मस देखिदैनन् । आखिर किन उनी ढुक्क छन् ? उनले बारम्बार आफुलाई सत्तावाट हटाउन चुनौती दिइरहेका छन् ।

सर्वोच्च अदालतले संसद व्युझाइदिएपछि उनी कमजोर हुनसक्ने अनुमान गरिएको थियो । तर जव सर्वोच्चले नेकपाको एकता नै भंग गरिदिएपछि भने उनी थप बलियो भएका छन् । उनले आफुलाई सत्तावाट हटाएर देखाउन बारम्बार सबै दललाई चुनौती दिँदै आएका छन् । माओवादीलाई समर्थन फिर्ता लिन र अन्य दललाई पनि आफुलाई प्रधानमन्त्रीवाट हटाउन चुनौती दिएका हुन् ।

बालुवाटार अझै पनि ओलीको सत्ता टिक्नेमा विश्वस्त छ । त्यसका केही आधार छन् । उनले आफ्ना विरोधीले वहुमत पुर्याउन नसक्ने भएकाले सरकार पनि गिराउन नसक्ने कुरामा ढुक्क भएका हुन् । त्यसका लागि उनले जसपालाई दुई धार बनाएका छन् । नेपाली कांग्रेसलाई पनि कमजोर बनाइदिएका छन् । कांग्रेसमा सभापति शेरवहादुर देउवालाई साथमा लिएका छन् भने जसपामा महन्त ठाकुरसंग विभिन्न आश्वासन दिँदै आफ्ना पक्षमा पारेका छन् । जसका कारण उनका विरोधीहरु एक मत हुन सकेका छैनन् ।

कांग्रेसका सभापति देउवा ओलीले भनेजस्तै निर्वाचनको पक्षमा छन् । निर्वाचन भए आफ्नो अत्याधिक मत आउने र आफुपनि ओली जस्तै शक्तिशाली प्रधानमन्त्री बन्ने दाउमा देउवा छन् । त्यस्तै ठाकुरलाई पनि ओलीले प्रधानमन्त्री पद छोड्न परे तपाईका लागि छोड्छु भन्दै आश्वासन दिएका छन् । आफ्नो सरकार टिकाउन र जसपामा विभाजन ल्याउन उनले जसपाले राख्दै आएको मागलाई सम्बोधन गर्ने आश्वासन पनि दिएका छन् । जसका कारण महन्त ओलीकै पक्षमा देखिएका छन् ।

ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट भई अविश्वासको प्रस्ताव पारित गर्नुपर्छ । तीनवटै दल सग्लै रहेर ओलीविरुद्ध एक भएमा मात्र त्यो सम्भव छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिइहालेमा ओलीले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । विश्वासको मत लिए उनी अर्को एक वर्ष प्रधानमन्त्री ढुक्कले हुनेछन् ।

नसके राजीनामा दिनेछन् । बहुमतको अर्को सरकार बन्न नसके ओली नै प्रधानमन्त्री हुनेछन् । उनी सबैभन्दा ठुलो दलको हैसियतले संविधान अनुसार प्रधानमन्त्री बनेमा अल्पमतको सरकारबाट चुनावमा जाने निर्णयमा पुग्ने सम्भावना उत्तिकै छ । यसकारण पनि ओली ढुक्क छन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्