Tuesday, September 21

एमालेका ३७ सांसदको पद खारेज ! को-को परे [नामावली सहित]

April 11, 2021 159

काठमाडौँ – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादबाट बिग्रिएको राजनीति अहिले एकअर्काका सांसदलाई कारबाही गर्ने दिशातिर उन्मुख छ । माओवादी केन्द्रले मंगलबार साधारण सदस्य पनि नरहने गरी चार सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेसँगै त्यस्तो प्रक्रिया अन्य दलमा पनि देखिन थाल्ने विश्लेषण हुन थालेको छ ।

एमाले, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक विवाद निकै चर्को बन्दै गएको छ । आन्तरिक विवादमा पार्टी नै छाडेर गएकालाई कारबाही गर्नुले पार्टी शुद्धीकरणमा सहयोग पुग्ने तर असहमति राखेकै आधारमा एकअर्कालाई कारबाही गर्ने, निष्कासन गर्ने क्रम बढ्दै गए त्यसले संसदीय राजनीतिलाई निकै कमजोर पार्ने विश्लेषण गर्न थालिएको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट नेकपा खारेज भई एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी एमालेमा प्रवेश गर्नुका पछाडि सत्तास्वार्थ देखिन्छ। अहिले उनीहरू चारैजना मन्त्री छन् ।माओवादी स्रोतले भन्यो, ‘सत्ता स्वार्थमा रमाउने र आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गए पार्टी संगठन नै कमजोर हुन पुग्ने निश्चित छ, यस्तो अवस्थामा पार्टीले कारबाही गर्नुलाई स्वाभाविक मानिन्छ।’ एमालेमा पनि विवाद बढ्दै गएसँगै अध्यक्ष केपी ओली पनि सांसदलाई निष्कासन गर्ने दिशातर्फ उन्मुख छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिसकेका छन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्