Sunday, May 16

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी

April 11, 2021 50

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।

केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे ।
आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए ।

उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।

प्रतिकृया दिनुहोस्