Sunday, May 16

अगामी निर्वाचनमा टिकट दिने माधवकुमार नेपालको वचन

April 11, 2021 42

काठमाडौ । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटीका नेता कार्यकर्तालाई अगामी निर्वाचनमा टिकट दिने वचन दिएका छन्।

नेपालले पार्टीभित्रको विवाद यदि निर्वाचन आयोगले अगामी निर्वाचनसम्म नटुंग्याए पनि नेता कार्यकर्ताहरूलाई निराश नहुन अपिल गरे। नेपालले भने , प्रधानमन्त्री ओलीजीले विधि र पार्टीको विधानलाई मिचेर कारबाही गर्नू भएको छ, त्यो असंवैधानिक र गलत छ, त्यस बारेमा निर्वाचनमा आयोगमा चिठी दिएका छौं।’ ‘तपाईंहरू कारबाहीमा पर्नु भएको छ, यस्तो विवाद रह्यो भने अर्को पार्टी खोल्ने सम्भावना कतिको छ ?’ सञ्चारकर्मीहरूको जिज्ञासामा उनको जवाफ थियो, ‘अहिले नेकपा एमाले हामी सबै नेताहरूको पार्टी हो। ‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्, एक वर्षपछि छोरो जन्मेपछि त्यसलाई सर्वोच्चले फेरी बच्चालाई गर्भमा पठाउन खोजेको छ, त्यो अस्वाभाविक निर्णय हो,’ उनको दाबी थियो।

 

नयाँ सरकार गठनबारेको प्रश्नमा उनले यो विपक्षी पार्टीको अधिकारको कुरा भएको बताए। ‘जसपाको निर्णय गर्ने कुरा महन्थजी र उपेन्द्र जीसँग सोध्नु होला, यस बारेमा मैले बोल्नु उपयुक्त हुँदैन,’ नेपालले भने। नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको विषयमा वरिष्ठ नेता नेपालले सर्वोच्चको निर्णय बिहेसँग तुलना गरे। उनले निर्वाचन अयाोगलेसमेत यस विषयमा कुनै निर्णय गर्न नसकेको बताए। अध्यक्ष ओलीले फागुन २८ गते गरेको केन्द्रीय कमिटीको निर्णय गलत भएकोले जानकारीसहितको पत्र पठाउँदा पनि निर्णय नहुनु राज्यको लागि विडम्बना भएको उनको गुनासो थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस्