Monday, October 26

एक वर्षे शिशुलाई जङ्गलमा छोड्ने निर्दयी आमाकाे खाेजी…..!

October 5, 2020 31

पछिल्लाे समय निकै नराम्राे घटनाहरु दैनिक रुपमा घटिरहेका छन् । कुनै कुनै त लाजमर्दाे बिषय नै बनेकाे हुन्छ । त्यस्तै, सल्यानको खलंगा र श्रीनगरमा पर्ने जङ्गलमा एक बालक बेवा रिसे अवस्थामा फेला परेका छन्।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बालकलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए ।

बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेलाअहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् ।

बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरीले बताएको छ ।

कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान सुरु**

बालकलाई राति नै जङ्गलमा छाडेर आमाचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ । श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बेबा रिसे बालकलाई रोइराखेको अवस्थामा फेला पारेका थिए । कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन् ।[][]

प्रतिकृया दिनुहोस्