Monday, October 25

स्कुल कलेजहरु कम्तीमा तीन साता बन्द गर्न सिफारिस, दियो यस्तो कडा निर्देशन

April 11, 2021 92

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डीसीसीएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरूले व्यवस्था गर्ने भएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्