Sunday, May 16

भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक १ लाख ५२ लाख संक्रमित भेटिए समाचार

April 11, 2021 46

भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।

देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० सम्म पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्