Monday, June 14

सरकारीको कार्य कछुवाको चाल : ३३ लाखको खानेपानी योजना, दुईवटा ट्यांकी बनाएर अलपत्र !

April 10, 2021 69

दैलेखको ठाटीकाँध गाउँपालिका-१ को मुंग्रा गताड खानेपानी आयोजना अलपत्र परेको छ । गाउँपालिकाको वडा नम्बर १ नदाईस्थित ३३ लाखको खानेपानी आयोजना पूरा नहुँदै अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको योजना अलपत्र परेपछि यहाँका साढे दुई सय घरधुरीका आठसय परिवार खानेपानी पिउनबाट वञ्चित भएका छन् । ३३ लाखको खानेपानी योजनाअन्तरगत दश हजार घन लिटरका दुईवटा ट्यांकी र ९९ धारा बनाउने स्टमेटमा उल्लेख भए पनि दुइवटा ट्यांकी बनाएर समितिले योजना अलपत्र पारेको स्थानीय मुकुन्द रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्