Tuesday, July 27

नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

April 10, 2021 210

२८ चैत्र, काठमाण्डौ। नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । यो सँगै नेपाल पत्रकार महासंघमा अग्रगमन पक्षधर लोकतान्त्रिक प्यानलको जित भएको छ ।

नेपाल पत्रकार महासंघको बुधबार देशैभर एकसाथ सम्पन्न मतदानको मतगणना शनिबारसम्म जारी रहदा अधिकांश स्थानमा सत्ता निकट गठबन्धन र माओवादी–कांग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा थिए ।

हालसम्म प्राप्त प्रारम्भिक चुनावी नतिजाअनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धन अगाडि देखिएको छ भने सत्ता निकट पत्रकारको गठबन्धन पछि परेको छ । यस्तै प्रारम्भिक नतिजाअनुसार विपुल पोखरेल प्यानलको अग्रता देखिएको छ ।

निर्वाचन समितिले अहिले केहीबेरमा विजयी घोषणा गर्ने छ । पोखरेल प्यानल निर्वाचित भएसंगै नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा यतिबेला विजयको अबिर लगाएर खुशियाली साटासाट भैइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्