Tuesday, September 21

सरकारले दियो यात्रुवाहक सवारी साधनलाई यस्तो निर्देश April 10, 2021

April 10, 2021 256

आजको नेपाल खबर :सरकारले कोरोनाको दोस्रो लहरले जोखिम निम्त्याउन लागेको भन्दै बढी भीड हुने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड-१९ सम्बन्धी नियमित अपडेटमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले यस्तो बताएका हुन्।उनले अहिले बढी भिड रहेका क्षेत्रहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराएका छन्।

विद्यालय, मन्दिर र बढी भीड हुने अन्य क्षेत्रमा अहिलेबाटै सामाजिक दूरी कायम गर्न उनले भनेका हुन्। विद्यालयमा सामाजिक दूरी र जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु जरुरी छ।उनले भने, ‘महामारी फैलिन नदिन अहिलेबाटै सतर्कता अपनाऊँ। यदि महामारीको अवस्था आयो भने सरकारले फेरि विद्यालय बन्द गर्न सक्छत्यस्तै प्रेस ब्रिफिङका क्रममा पौडेलले सार्वजनिक यात्रुवाहक सवारी साधनले पनि अब सामाजिक दूरी कायम गर्न जरुरी भइसकेको उनले बताए।

कोरोनाको दोस्रो लहरसँगै आएका तीव्र गतिमा फैलिने नयाँ भेरियन्टले जोखिम बढाएको छ। सार्वजनिक सवारीसाधनहरूले सतर्कता अपनाउनुहोला। सवारीसाधनमा यात्रु बोक्दा अब एक सिट खाली गरेर चलाउनु राम्रो हुनेछ। महामारी आउनुअघि नै सतर्कता अपनाऊँ, समयमै सचेत बनौँ, आतंकित होइन।

पौडेलले सार्वजनिक स्थानमा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरे। ‘सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गरौँ। अनावश्यक भीड नगरौँ, बढी जोखिम क्षेत्रमा नजाने गरौँ’, उनले भने, ‘समयमै यी क्षेत्रमा कडाइ नगरेर भोलि अवस्था विकराल भएर लकडाउन गर्नुपर्छ। मन्दिर लगायत क्षेत्रमा पनि नियम पालना गराऊँ, सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गरेर मात्रै दर्शन गर्ने व्यवस्था गरौँ।’

प्रतिकृया दिनुहोस्