Friday, July 30

गृहमन्त्री रामबहादुर थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

April 9, 2021 178

२७ चैत २०७७ काठमाडौं । नेकपा (माओवादी केन्दं ले गृहमन्त्री रामबहादुर थापा बादलमाथि पनि कारबाही गरेको छ।

बादलले पार्टी परित्याग गरेको सूचना आज सूचना संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयका सह(प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

माओवादीले यसअघि प्रतिनिधि सभाका चार सांसदलाई कारबाही गरेको जानकारी दिएको थियो । नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको मन्त्री पदबाट पनि मुक्त भइसकेका छन् ।

नेकपा एमाले प्रवेश गरेका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

प्रतिकृया दिनुहोस्