Sunday, April 11

वायु प्रदूषण घटेको हो ? यसो भन्छन् विज्ञ

April 9, 2021 93

काठमाडौं, उपत्यकामा आज बिहानको भिजिविलिटी ४५ सय मिटर रहेको छ । बिहीबार यही समय काठमाडौंको भिजिविलिटी दुई हजार मिटर थियो । बिहीबारको तुलनामा आज वायु प्रदूषण कम छ । तीन दिनसम्म पनि ठूलो पानी परेन र ठूलो हावाहुरी चलेन भने पुनः वायु प्रदूषण बढ्ने छ ।

लगातार डडेलो लाग्ने तर पानी नपरेका कारण केही समय यता काठमाडौं लगायत ठूला सहर तथा डडेलो लागेका स्थान तथा त्यसको वरपरका ठाउँमा वायु प्रदूषण उच्च हुँदै आएको छ । उच्च वायु प्रदूषणकै कारण अघिल्लो हप्ता सरकारले चार दिन देशभरका विद्यालय बन्द गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले आँखा र नाक पोल्ने जस्ता समस्या देखिने भन्दै सचेत रहन आग्रह गरेको थियो । अत्यावश्यक काम परेमात्रै घरबाहिर निस्किन मन्त्रालयले अनुरोध गरेको थियो । देशका विभिन्न ठाउँमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सयभन्दा माथि पुगेपछि मन्त्रालयले नागरिकलाई यसबाट बच्न सचेत गराएको थियो । एक्यूआई तीन सयमाथि पुग्नु भनेको स्वास्थ्यका लागि खराब अवस्था रहेको वातावरण विभागले बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौँ, भाईरल भारतिय ज्वाँई र नेपाली छोरी रुँदै छुटे, विबाह गरेको छोटो समयमा नै भारतीय ज्वाई राहुलले नेपाली चेलीलाई छाडेर जाँदा विमानस्थलमा मच्चियो रुवाबासी, नजानुहोस् न भन्दा नेपाली चेली धेरै बेर भक्कानिइन् ।

भाईरल भारतिय ज्वाँई र नेपाली छोरीको लोभलाग्दो प्रेम कथा यतिबेला भाइरल बनिरहेको छ । भारतीय ज्वाई राहुल र नेपाली चेली एरिकाले रुँदै नेपाल छाडेका छन् । यो जोडीको बिछोडमा उनीहरुले टिकाटाला लगाएर विमानस्थलमा पुग्दा विमानस्थलमा रुवाबासी भएको दृश्य भिडियोमा देख्न सकिन्छ ।

राहुलले नेपाल बसाईका क्रममा नेपालीहरुबाट आँफुले ठूलो सहयोग पाएको बताएका छन् । जाँदा जाँदै विमानस्थलमा एरिका आफ्ना पतिले छाडेर जाने समयमा भक्कानिएर रुँदै गरेको दृश्य भाइरल बनिरहेको छ । विमानस्थलबाट छुट्टिने क्रममा यो जोडीको रुवाई देख्दा उनीहरु गहिरो प्रेमा रहेको बुझ्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्