Saturday, April 17

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

April 9, 2021 216

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२७ चैत, सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शवलाई परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्