Monday, November 29

यस कारण शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने

April 9, 2021 268

यस कारण शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने काठमाडौं: विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोsना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो ।स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्