Saturday, April 17

सूर्य थापाको टिप्पणी : ‘छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ’

April 9, 2021 80

काठमाडौं । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसदबाट हटाएपछि सल्लाहकार थापाले राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्पिरिट साथ लामो यात्रामा अघि बढेको बताएका छन् ।

कारवाहीमा परेका सांसदहरुले छविलाल दाहाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी रहेको उल्लेख गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी– केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्पिरिटसाथ लामो यात्रामा अघि बढ्नुभएको छ । उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ ।’

प्रतिकृया दिनुहोस्