Saturday, April 17

बिहीबार एक हजारले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

April 8, 2021 17

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन तोलामा एक हजारले बढेको छ । हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्