Wednesday, April 14

नेपालमा आज ३ सय ३९ जना कोरोना संक्रमित थपिए

April 7, 2021 28

काठमाडौं, चैत्र २५ । नेपालमा आज ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार २ सय ९८ जना पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ भेटिएका थिए भने ४१ जना एन्टिजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्।

चार हजार एक सय पीसीआर परीक्षण र एक हजार ४० एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

aawash steels
काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन्।

आज देशभर सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय एक छ। देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।

 

प्रतिकृया दिनुहोस्