Tuesday, October 20

आइसियुमा उपचार गराइरहेका बिरामी अस्पतालको तलावाट हामफाल्दा निधन….!

October 5, 2020 104

काठमाडौ। अस्पतालको आइसियुमा उपचारार्थ एक विरामीले अस्पतालवाट हाम फालेका छन् । अस्पतालवाट हाम फालेका पुरुषको उपचारका क्रममा निधन भएको छ। विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचाररत बिरामी अस्पतालबाट हाम फालेका हुन्।

अस्पतालको आइसियुमा उपचारार्थ मिक्लाजुङ गाउँपालिका वडा ७ मा भाडामा बस्ने ५३ वर्षे अमृत गजमेरले अस्पतालवाट हाम फालेको प्रहरीले जनाएको छ। उनी असोज १७ गतेवाट अस्पतालको आइसियुमा उपचार भइरहेको थियो।

आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेका थिए । आइसियु कक्षवाट बाहिर निस्केका उनी दौड्दै दोस्रो तल्लाको झ्यालबाट हाम फालेका हुन् । अस्पतालवाट हाम फालेका उनलाई तत्काल इमरजेन्सी वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।

विहान करिब पौने ६ वजे उनी अस्पतालको दोस्रो तलावाट हाम फालेको अस्पताल प्रशासनले जनाएको छ । इमरजेन्सीमा उपचारका क्रममा उनको केही वेरमै निधन भएको हो ।

निमोनिया भएपछि अस्पताल भर्ना भएका उनले किन यस्तो निर्णय गरे भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । गजमेरका आफन्तले भने अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएको छ।[][]

कालापानी पोष्टबाट[][]

प्रतिकृया दिनुहोस्