Saturday, April 17

बालबालिकाले यति ठूलो घटना गराए, बस भित्र भेटियो महिलाको शव

April 7, 2021 523

काठमाडौ । आइतबार काभ्रेमा बालबालिकाले ठूलो घटना गराएको आशंका गरिएको छ । बसभित्रै एक महिलाको शव फेला परेको छ । सो घटना सडक बालबालिका गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा केही सडक बालबालिकालाई पक्राउ गरेको छ । बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको थियो ।

 

उनको कर णी पनि भएको प्रहरी अनुसन्धानमा देखिएको हो । घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको अभियोगमा तीनजना बालक र एक बालिकालाई प्रहरीले पक्राउ गरेको छ । चार जना पक्राउ परेका छन्, काभ्रे प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भने, उनीहरुको संलग्नता देखिएको छ । सोधपुछका क्रममा उनीहरुले महिलासँग सम्बन्ध राख्ने क्रममा बिबाद भएपछि घटना लुकाउन यस्तो गरिएको वयानमा बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्