काठमाडौं: भारत सहितका दक्षिण एसियाली केही देशमा को’रोना संक्रमण फेरि तीव्र बनेको छ। भारत, बंगलादेश र पाकिस्तानमा को’रोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को’रोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ। त्यहाँ एकैदिन एक लाख १५ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। कोरोनाबाट त्यहाँ हिजो ६ सय ३१ जनाले ज्या’न गु’माएका छन्।
भारतमा को’रोनाको दोस्रो लहर पहिलो भन्दा द्रुत गतिमा फैलिएको छ। कोरोना संक्रमण तीव्र बनेपछि राजधानी नयाँ दिल्लीमा रातिकालिन कर्फ्यू लगाइएको छ। पहिलो लहरको क्रममा गत सेप्टेम्बरमा भारतमा एकैदिन सबैभन्दा धेरै ९८ हजार जनामा संक्रमण देखि एको थियो । त्यसपछि निरन्तर घटेर संक्रमणदर दैनिक करिब नौ हजारमा झरेको थियो । बिगत एक महिनायता भारतमा संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेको हो।
को’रोनाबाट सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई सातामा संक्रमण पुष्टि भएका केसमध्ये ६० प्रतिशत महाराष्ट्रमा छन् । आइतबार मात्र महाराष्ट्रमा ५७ हजारमा संक्रमण देखिएको थियो । भारतमा अहिलेसम्म को रोना संक्रमणको कारण एक लाख ६६ हजार भन्दा धेरैले ज्या’न गु’माइसकेका ओल्र्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा को’रोना संक्रमणबाट विश्वभर ११ हजार ७ सय २८ जनाले ज्या’न गु’माएका छन्। यस बीचमा विश्वभर पाँच लाख ७४ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। एजेन्सी
प्रतिकृया दिनुहोस्