Wednesday, April 14

लोकसेवाको तयारी गरिरहेका सम्पुर्ण विद्यार्थीहरुलाइ फेरिपनी आयो अत्यन्तै दु:खद खबर !

April 7, 2021 138

लोकसेवाको तयारी गरिरहेका सम्पुर्ण विद्यार्थीहरुलाइ फेरिपनी आयो अत्यन्तै दु:खद खबर !
बखरिदार तहको विज्ञापन आह्वान गर्नेबारे लोकसेवा आयोग अन्योलमा देखिएको छ। आयोग पदाधिकारीविहीन भएसँगै वार्षिक कार्यपालिका अनुसार चैत्र अन्तिम बुधवार आह्वान हुने खरदार९प्राविधिक० तर्फका २ वटा विज्ञापन आह्वान गर्नेबारे आयोगले निर्णय गर्न सकेको छैन। आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यपालिका अनुसार चैत्र अन्तिम बुधवार राजपत्र अनङ्कित तद्धित श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तह, (राजपत्र अनङ्कित तद्धित श्रेणी (प्राविधिक) तर्फको विज्ञापनको कार्यपालिका रहेको छ। यी दुई परीक्षा आयोगले यस वर्षका लागि तय खुलातर्फको अन्तिम विज्ञापन हुन। चैत्र ११ बाट आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहित पाँच पदाधिकारीको पदावधि सकिएको थियो। पदाधिकारी अभावमा भर्ना आह्वान गर्ने विषयमा अन्यौलता देखिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदी बताउँछन्। ‘११ चैत्रबाट पदाधिकारीको समयावधि सकिएको छ। नयाँ पदाधिकारी आई नसकेको अवस्थामा विज्ञापन आह्वान गर्न मिल्ने/नमिल्नेबारे आन्तरिक रूपमा छलफल र परामर्श गरिरहेका छौँ,’ उनले उकेरासँग भने ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

 

प्रतिकृया दिनुहोस्