Saturday, April 17

सांसदबाट हटाउने पत्रपछि प्रचण्डमाथि खनिए मन्त्री साह

April 7, 2021 81

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन्।

उनले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने तर्क गरेका छन्।आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,’ साहले लेखेका छन्,‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्।’

उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन्।आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,’ साहले लेखेका छन्,‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्।’

उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post navigation
भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु
RELATED POSTS

प्रतिकृया दिनुहोस्