April 6, 2021 145
ओखलढुंगामा जीप भीरमा खस्दा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलका अनुसार तीन जनाको अवस्था चिन्ताजनक छ। उनीहरू अचेत छन्। भीरमा खसेर बिचमै अड्किएको छ। मान्छे जान नसकिने खालको छ। रोप रेस्क्यू गर्नुपर्ने ठाउँमा छ,’ प्रहरी निरीक्षक कट्टेलले भने।
तीन जनालाई प्रहरीले अचेत अवस्थामा उद्धार गरेको हो। उनीहरूलाई अहिले अस्पताल लगिएको छ।मानेभञ्ज्याङ-४ ढुसेनी बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर अचेत छन्।
‘उनीहरू अहिले अचेत नै छन्। जिवित वा मृत्यु भए/नभएको अस्पताल पुर्याएपछि चिकित्सकले घोषणा गर्ला,’ प्रहरी निरीक्षक कट्टेलले भने। उनीहरूको उद्दार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रतिकृया दिनुहोस्