Saturday, April 17

वीरेन्द्रनगरमा आँखा पोल्ने तुवाँलो देखा परेको छ

April 6, 2021 163

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुवाँलो बढ्दै गएको छ। आइतबारको तुलनामा सोमबार तुवाँलो बाक्लो र प्रदूषित देखिएको छ। सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ। आइतबारको तुलनामा सोमबार बढी देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए। ‘आइतबारको तुवाँलो त्यति बाक्लो थिएन,’ उनले भने, ‘सोमबार प्रदूषण बढ्दा आँखा पोल्यो।’

******यो समाचारको पूरा भिडियो हेर्नका लागि यहाँ तल क्लिक गर्नुहोस् ************यो समाचारको पूरा भिडियो हेर्नका लागि यहाँ तल क्लिक गर्नुहोस् ******

प्रतिकृया दिनुहोस्