Saturday, April 17

बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

April 6, 2021 90

लायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२, सोमबारदेखि आफ्नो देशमा लकडाउनमा केही सहज बनाउने बताएका छन् ।

उनले भनेका छन्, ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।’

उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले बेलायत सरकारले दुई किसीमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्