Wednesday, April 14

भित्र दलित बाहिर अर्कै जात भन्दै हिड्नेहरुलाई कार्वाही गर्छु : अध्यक्ष देवराज विश्वकर्मा

April 6, 2021 113

भित्र दलित बाहिर अर्कै जात भन्दै हिड्नेहरुलाई कार्वाही गर्छु : अध्यक्ष देवराज विश्वकर्मा
काठमाडौं। दलित समुदायकै कतिपय मानिसहरु आफु दलित हुँ भन्न हिच्किचाहाट मान्ने गर्दछन् । आफु दलित भएकोमा कसैले हेंला होचो गर्छकी भन्ने मानसिकता बाट सबै भन्दा पहिला आफु मुक्त हुन जरुरी छ । दलित आयोगका अध्यक्ष देवराद विश्वकर्मा भन्छन्, गैरदलित समदायसंग मिल्ने थर प्रयोग गरेर मौका परे दलितबाट फाईदा लिने, मौका परे फेरी गैरदलित तिरबाट पनि फाईदा लिने गर्नु भएन ।स्पष्ट रुपमा आफु को हुँ भन्ने पहिचान र गर्वकासाथ आत्मा सम्मानमा बस्नु पर्यो । उनि भन्छन्, मैले कतिपय ठाउँमा देखेको छु हाम्रा दलित साथीहरु आफ्नो परिचय दिंदा नाम स्पष्ट भन्ने, पछाडीको थर भन्न हि’च्किचाउने वा सानो स्वरमा भन्ने गर्दछन् । त्यसो गर्नु भएन, म मेरो नाम देवराज भन्दा मेरो थर विश्वकर्मा चर्को स्वर र गर्वका साथ छाति फुलाएर भन्ने गर्दछु । मलाई विश्वकर्मा भएकोमा गर्व छ ।जातकै कारण कोही ठुलो कोही सानो हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन । म पनि संस्कृतको विध्यार्थी हुँ, हिन्दु धर्म-ग्रन्थ देखि विभिन्न संस्कृतका पुस्तकहरु अध्यन गरेको छु, पुराण, महाभारत देखि वेदहरु कतैपनि मानिस-मानिसबीच जातका कारण वि’भेद गरि एको भनि लेखेको छैन । विभेदको मुख्य समस्या हाम्रो समाजमा छ । हाम्रो समाजमा राम्रो संस्कार र संस्कृतीको पालना भएको पाईंदैन ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्