Saturday, January 22

केपी ओली अध्यक्ष रहेको पार्टीमा हामी कसैको खैरियत छैनपा : नेल

April 6, 2021 232

नेकपा (एमाले)बाट निलम्बनमा परेका नेता माधवकुमार नेपालले केपी ओली अध्यक्ष रहेको पार्टीमा कसैको खैरियत नरहेको बताएका छन्।

बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेपालले ओली समक्ष आत्मसमर्पण गर्ने वा दृढतापूर्वक उभिनेबाहेक आफूहरुसँग अरु विकल्प नरहेको बताए।

बल्खुस्थित एक पार्टी प्यालेसमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले भने–केपी ओली अध्यक्ष रहेको पार्टीमा हामी कसैलाई खैरियत छैन। उनले त हाम्रा साथीहरुलाई टिकट नै दिएनन्। हामी इन्चार्ज भएका ठाउँमा बल्ल बल्ल केही ठाउँ पाइएको थियो। अहिले त इन्चार्जबाट पनि हटाइसकेका छन्।

नेपालले देशभरी नै नयाँ कमिटीहरु गठन हुने क्रम चलेको र यो क्रम नरोकिने बताए। उनले चिन्ता गर्ने कुनै अवस्था नरहेको र उच्च मनोबलका साथ केपी ओलीविरुद्धको लडाइमा

प्रतिकृया दिनुहोस्