Wednesday, April 14

माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

April 6, 2021 34

सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ । सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्