त्रिपुरासुन्दरी गाउँपालिकाकी एक १४ वर्षीया बालिका असोज पहिलो साता गाउँमै काठको काम गर्ने एक युवकसँग घरबाट भागिन्। छोरी घरमा नरहेको थाहा पाएपछि उनका बुवाले प्रहरीमा उजुरी दिए।
त्यसपछि प्रहरीले केटासहित बालिकालाई दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो। त्यसपछि पीडितले घटनाको पोल खोल्दा भने प्रहरी अधिकारी झस्किए।
बुवाले पटक–पटक बला त्कार गरेपछि सहनै नसक्ने अवस्थामा आफू घर छाडेर भागेको कुरा बालिकाले बताइन्। तब प्रहरीले पी डित बालिकालाई परिवारको जिम्मा लगाएन, सुरक्षित आवासगृहमा राखेर अनुसन्धान थाल्यो।
जिल्ला प्रहरी कार्यालय धादिङको अपराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले अभियुक्तलाई नियन्त्रणमा लिई जब-रजस्ती र हाडनाता करणी मुद्दामा अनुसन्धान गरिरहेको बताए।
आमाले ‘बाबा काममा जाने’ र ‘घर कुर्ने कोही नहुने’ भन्दै साथमा लगिनन्। ‘म पनि मामाघर जान्छु भन्दा मलाई लैजानु भएन। त्यस दिन पनि बुवाले मलाई बला-त्कार गर्नुभयो’
‘अभियुक्तले विगत ५–७ वर्षदेखि नै छोरीलाई बला त्कार गरिरहेको कुरा प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ’, भट्टले भने, ‘पटक–पटक बला त्कार गरेको, बच्चा नजन्मियोस् भनेर औषधी खुवाएको आ रोप उनले स्वीकार गरिसकेको अवस्था छ। हामीले थप अनुसन्धान गरिरहेका छौं।’
तर, पीडितकी आमाले श्रीमान् विरुद्ध जाहेरी दिन अस्वीकार गरेकी छन्। उद्धार गर्ने संस्था सहयात्री समाजका तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ। आमाले उल्टै बालिकालाई भेटेर मु-द्दा फिर्ता लिन दबाब दिइरहेको खुलेको छ। घरका कमाउने व्यक्तिलाई नै जे ल पठाएपछि परिवार समस्यामा पर्ने भन्दै बुवालाई नफ साउन र मु द्दा फिर्ता लिन दबाब दिइरहेको पी डितले बताइन्।
अभियुक्तले पछिल्लो पटक असोज ८ गते श्रीमती र छोरो ससुराल गएका बेला नाबालिका छोरीलाई फेरि जब रजस्ती गरेको खुलेको छ। आमा र भाइ घरमा नहुने भएपछि फेरि बाबुबाट बला त्कृत हुने डरका कारण उनले मामाघर जान अड्डी लिएकी थिइन्।
तर, आमाले ‘बाबा काममा जाने’ र ‘घर कुर्ने कोही नहुने’ भन्दै साथमा लगिनन्। ‘म पनि मामाघर जान्छु भन्दा मलाई लैजानु भएन। त्यस दिन पनि बुवाले मलाई बला-त्कार गर्नुभयो’, सुरक्षित आवासगृहमा रहेकी ती बालिकाले रुँदै भनिन्।
बुवा बला त्कार गर्ने, आमा चुपचाप सहन बा ध्य गराउने भएपछि उनलाई घर बस्न मन लागेन। त्यही बेला साथ दिन आइपुगेका थिए, बाहिरी जिल्लाका ती युवक। दुवैजना भागेर बिहे गर्ने सल्लाह गरी घरबाट हिँडेपछि यो घटना बाहिरिएको हो।
अभियुक्तले कहिलेदेखि बला त्कार गरे भनेर उनलाई मिति यकिन छैन। तर, यत्ति थाहा छ कि आफू जान्नेबुझ्ने भएदेखि नै अभियुक्तले निरन्तर बला त्कार गरेको उनको भनाइ छ।
‘मलाई बुवाले बला त्कार गरेको कुरा आमालाई पहिलेदेखि नै थाहा थियो तर आमाले कहिल्यै मेरो समस्या सुन्नुभएन। सधैं लुकाइरहनुभयो। थाहा नपाएझैं गरिरहनुभयो’, निकै बेर टोलाएर पी डितले भनिन्, ‘घटना बाहिर आए हामी सबैजनालाई समस्या पर्छ भनेर आमाले कहिल्यै पनि मलाई सहयोग गर्नुभएन। उल्टै चुप लाग्न भनिरहनुभयो।’
आमाले पनि आफ्नो कुरा नसुनेपछि बालिकामा मा नसिक समस्या देखा पर्न थाल्यो। विद्यालयमा पनि टोलाउने, धेरै नबोल्ने, एक्लै बस्ने गर्न थालेपछि शिक्षकले उनको बारेमा अभिभावकलाई जानकारी गराए। तर, उनी परिवारमै प्रताडित थिइन्।
लामो सास तान्दै उनले भनिन्, ‘पढाइ पनि छुट्यो। अब म कहाँ जाऊँ, कसलाइ आफ्नो भनेर जाऊँ ?’
उनकी आमाले एक दिन आँगनमा ग र्भ निरोधक चक्कीको खोल फेला पारिन्। घरमा सोधीखोजी भयो, कसरी आयो त्यो औष धी ? अभियुक्तले त्यो औष धी ग र्भ बस्दैन भनेर छोरीलाई खुवाएका रहेछन्। ‘मलाई बुवाले थकाइ लाग्दैन, तागत दिन्छ भनेर पहिलेदेखि नै यो औष धी बेला बेलामा खान दिइरहनुहुन्थ्यो’, बालिकाले ग म्भीर हुँदै भनिन्, ‘मलाई के थाहा त्यो ग र्भ रोक्ने औषधी भनेर !’
सुरक्षित आवासगृहमा राखेर उनको उपचार भइरहेको छ। उनमा पिसाब नरोकिने समस्या देखिएको छ। उनलाई दैनिक मनोपरामर्श दिइएको छ। उनी अब कहाँ जाने, के गर्ने भनेर निराश छिन्।
उनको घर आफ्नो कहिल्यै भएन, विकल्पमा पराईघर जान खोजेपछि घटना बाहिरियो। बाबुलाई जे ल हालेको भन्दै आमाले गा ली गरिरहेकाले अब उनी फर्केर घर जान पनि सक्दिनन्।
‘बाबुलाई अदालतले स जाय त दिलाउला। जेलभित्रै राखेर पालन पोषण पनि गर्ला’, लामो सास तान्दै उनले भनिन्, ‘पढाइ पनि छुट्यो। अब म कहाँ जाऊँ, कसलाइ आफ्नो भनेर जाऊँ ?’
अधिवक्ता राधिका सापकोटाले यस्ता घ टनाका पीडितलाई झनै समस्या रहेको सुनाइन्। ‘हाम्रो कानुन नै पीडकमैत्री भयो’, सापकोटाले भनिन्, ‘परिवारबाटै बला त्कारमा परेका बालिकाहरू न घर फर्किन सक्छन् न त राज्यले नै उनीहरूको संरक्षण गर्ने दायित्व लिएको छ।’
पराईबाट ब लात्कृत बालिकालाई घरको संरक्षण हुने भए पनि घरभित्रैका घटनाका सन्दर्भमा सबैभन्दा समस्यामा पी डित नै परेका छन्। ‘अप राध गर्नेलाई मानव अधिकारको प्रत्याभूतिसहित दैनिक भत्ता दिएर जेलमा राखिन्छ’, उनले भनिन्, ‘यी पी डितहरूको अवस्था के छ भनेर कसैलाई चासो हुँदैन। ए सिड पी डितलाई जस्तो ऐन संशोधन हुनु अब जरुरी छ।’ अन्नपूर्ण पोस्टमा मनिष दुवाडीले खबर लेखेका छन् ।[][]
प्रतिकृया दिनुहोस्