Wednesday, April 14

माओवादी केन्द्रले आङ्बुहाङलाई सांसदबाट पदमुक्त गर्यो

April 5, 2021 77

काठमाडौं, २३ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सांसद टंक आङ्बुहाङलाई पदमुक्त गरेको छ। आङ्बुहाङ माओवादी केन्द्र त्यागेर प्रदेश १ को सरकारको मन्त्री बनेका थिए । पार्टीले हिजोमात्रै उनीसँग स्पष्टीकरण मागेको थियो । तर, आङ्बुहाङले तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्। File Photo/Facebook

 

काठमाडौं, २३ चैत्र । ग्लोबल आइएमई बैंकले निष्कासन गरेको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्रमा माग भन्दा धेरै आवेदन परेको छ । बैकको ऋणपत्रमा माग भन्दा धेरै आवेदन परेको ऋणपत्र निष्कासन तथा प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्सले जनाएको हो ।

बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र ८ वर्षे अवधिको ऋणपत्र बिक्रि खुल्ला गरेको हो । चैत्र १ गतेबाट ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । जारी गरेको ऋणपत्रमध्ये कम्पनीले १२ लाख कित्ता र व्यक्तिगत रुपमा १९ लाख कित्ता विक्रि गर्ने र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाएको थियो ।

प्रतिकृया दिनुहोस्