Tuesday, October 20

पोसाक…बदलियो ,सुन्दरता…छोपियो….!

October 5, 2020 171

पोखरा- चिटिक्क मिलेको साडी–चोलीमा सजिएकी नेपाली छोरी विमानको ढोकामा बसेर श्रद्धापूर्वक नमस्कार गर्दा विदेशबाट नेपाल फर्किन लागेका नेपालीलाई विमानदेखि नै नेपाल प्रवेश गरेको महसुस हुन्थ्यो । विदेशीहरु मनमोहित हुन्थे ।

नेपाल एयरलाइन्सकी एयर होस्टेस प्रतिक्षा तिमल्सिना ५ महिना अघि साडी–चोलीमाथी अरु थप आकर्षण भर्न केही पोसाक थप्थिन् । बाहिर ए.एच.एस. तिमल्सिना लेखेको नेम ट्याग राख्थिन् ।

आकर्षक देखिन मेहनत गरेर सुहाउँदो मेकअप गर्थिन । जतिसक्दो आकर्षक देखिने उनको मात्र हैन सबै एयर होस्टेसको उदेश्य हुन्थ्यो । किनकी पेसा नै सुन्दरताका साथ अतिथीलाई श्रद्धापूर्वक सम्मान र सेवा गर्नु हो ।

तर आजकाल त्यो सुन्दरता फेस मास्क, फेस सिल्ड र अन्य कुनै मुख तथा नाक छोप्ने साधनले छोपिएको हुन्छ । किनकी विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउँन यो सबै लगाउनै पर्नेछ ।

आकर्षकसँगै नेपालीपन देखिने साडी–चोलीपनि २ लेयरको वाटरप्रुफ टफेटा, चेन र इलास्टिक ठप्प अनि थ्रिडी प्रिन्टिङको चस्मा–फ्रेममा प्लाष्टिकको सिट हालेर बनेको पिपिईले छोपिएका छन् ।

मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्माले मानिस हो की रोवर्ट हो छुट्याउन मुस्किल छ । यो विश्वकै बाध्यता हो । यति मुस्किल अवस्थामापनि आफु सुरक्षित र अरुलाई सुरक्षित राखेर सेवा दिन तम्त्यार छन् ।[][]

 

प्रतिकृया दिनुहोस्