Sunday, April 11

ति’व्रगतिमा को’रोना सं’क्रमण फै’लिएपछि देशका यी ठाउँमा रा’त्रिकालीन क’र्फ्यु

April 5, 2021 13

पूरा समाचार पढ्नुहोस— कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ । आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए । यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् ।नयाँ संक्रमित उल्लेख्य संख्यामा थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ । ग्राहकहरुले रेष्टुरेन्टमा बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्