Tuesday, October 20

कुन प्रयोगशालामा कति परीक्षण …? निजीमा स्टार अगाडि…..!

October 5, 2020 58

काठमाडौं । कोरोना भाइसर राेग (कोभिड–१९) पत्ता लगाउनका लागि गरिने आरटी पीसीआर परीक्षण नेपाल १० ला ४८ हजा ६८६ भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको शुक्रबारसम्म आँकडा अनुसार सो संख्यामा परीक्षण भएको हो। यसमा पोजेटिभ नतिजा देखिनेको संख्या ८२, ४५० रहेको छ । परीक्षणमा पोजेटिभ रिपोर्टको दर ७.८६ प्रतिशत छ ।

गत जनवरीमा कोभिड–१९ को पहिलो शंकास्पद बिरामी देखा पर्दा नेपालमा परीक्षणको व्यवस्था नभएर हङकङस्थित कोकिड ल्याबमा स्वाब पठाइएको थियो । अहिले नेपालमै दैनिक २२ हजार भन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको स्वास्थ्य मन्त्रालयले दावी गरिरहेको छ । बिहीबारदेखि शुक्रबारसम्म २४ घण्टामा १४ हजार भन्दा धेरै परीक्षण गरियो ।

पछिल्ला दिन देशमा ५६ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ । यसमध्ये ४० सरकारी र १६ निजी प्रयोगशाला रहेका छन्। सरकारी प्रयोगशालाले ९ लाख २२ हजार २८८ परीक्षण गरेको छ। निजी प्रयोगशालाले १ लाख २६ हजार ३९८ परीक्षण गरेका छन्।

सबैभन्दा धेरै पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छ । यसले १ लाख ९० हजार ८१ परीक्षण गरेको छ । सबै भन्दा थोरै परीक्षण गर्नेमा त्रिवि वायोमेट्रिक कोरोना प्रयोगशाला, कीर्तिपुर रहेको छ । यसले हालसम्म जम्मा ४५३ परीक्षण गरेको छ । यसपछि कम परीक्षण गर्नेमा ललितपुरको लेलेस्थित कोभिड–१९ डायनोस्टिक प्रयोगशाला छ । यसले ४८८ परीक्षण गरेको छ।

काठमाडौं उपत्यका बाहिर कम पीसीआर परीक्षण गर्नेमा बैतडी अस्पतालको प्रयोगशाला रहेको छ । यसले हालसम्म जम्मा ६२२ परीक्षण गरेको छ ।

निजी प्रयोगशालामा सबैभन्दा धेरै परीक्षण स्टार अस्पतालको प्रयोगशालाले गरेको छ । यसले २९ हजार ४२९ परीक्षण गरेको छ । यो निजी प्रयोगशाला मध्ये सबैभन्दा पहिलो पीसीआर परीक्षणको अनुमति पाउने प्रयोगशाला मध्येको एक हो ।

यससँगै परीक्षण अनुमति पाएको काठमाडौ मेडिकल कलेज सिनामंगलले १२ हजार ३२८ परीक्षण गरेको छ । निजी प्रयोगशालामा सबैभन्दा कम परीक्षण गर्ने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशाला रहेको छ।

जनस्वास्थ्य प्रयोगशालाले कूल परीक्षणको १८.१२ प्रतिशत गरेको छ । त्यसैगरी निजीतर्फ धेरै परीक्षण गर्ने स्टार अस्पतालले २.७६ प्रतिशत परीक्षण गरेको छ । निजी प्रयोगशाला मध्ये स्टारले मात्रै २३.२८ प्रतिशत परीक्षण गरेको छ।[]]

 

[][]

प्रतिकृया दिनुहोस्