Sunday, April 11

घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला

April 3, 2021 121

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त भेटिएका हुन् ।

 

१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झु ण्डिएको अवस्थामा शुक्रबार मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए । शवलाई पो ष्ट मार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । सांकेतिक तस्बिर

 

यो पनि , कृषकलाई चैते धान रोप्न चटारो

 

चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो ।

 

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उहाँले बताउनुभयो । तरकारीखेती, भैसीपालन, मौरीपालन गर्नुभएका उहाँले भन्नुभयो, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।” उहाँका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्