सरकारले बढ्दो कोरोना संक्रमणसँगै देशभरबाट सवारी पास बन्द गर्ने भएको छ । गृहमन्त्रालयद्वारा बुधबार जारी सूचनाअनुसार कोभिड–१९ को कारण नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय र निर्देशन अनुसार अनिश्चित कालका लागि सम्पूर्ण पासहरु बन्द गर्न निर्देशन दिएको हो ।
बिहीबारदेखि लागू हुने गरि प्रकाशित गरिएको सूचनाअनुसार अब कुनै पनि व्यक्ति वा सवारीलाई देशभरका कुनै पनि प्रशासन कार्यालयहरुबाट सवारी पास उपलब्ध नगराउन निर्देशन दिइएको छ । सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।
काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश एकलाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएकाे हाे । प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । उसका लागि सीता रानामगरले ५२ र ज्योति पाण्डेले ३२ रन बनान् ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुबिना क्षेत्रीको ४५ रन मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतिकृया दिनुहोस्