Sunday, April 11

हार्दिक श्रद्धाञ्जली जनकपुरधामको शिव चौकमा साधुको शव यस्तो अवस्थामा फेला (भिडियो हेर्नुहोस्)

April 3, 2021 166

जनकपुरधामः जनकपुरधामको शिव चौकमा एक वृद्ध साधुको शव फेला परेको ।शिव चोक स्थित होटेल वेलकमको अगाडी सडक छेउमै वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दासको रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

उनी सडक तथा घरमा माग्दै हिँड्ने साधु भएको खुलेको छ। यद्यपि उनको मृ:त्युको कारण भने खुली नसकेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट केही नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पुर्जी कागजात समेत फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्