Monday, October 25

आयुष्मान पनि गर्भवती ? प्रीयंका लेक्छिन् ‘हो, हामी गर्भवती छौ’

April 3, 2021 774

के अभिनेत्री प्रीयंका कार्की गर्भवती भएकी हुन् त ? यो प्रश्नको सामना केही दिन अघिदेखि सामाजिक संजालमा प्रीयंका कार्कीले भोग्दै आईरहेकी छन् । उनको होलिको तस्विर सामाजिक संजालमा सार्बजनिक पश्चात् यस्तो प्रश्नको सामना गर्नुपरेको हो । अन्ततः उनले जवाफ पनि दिएकी छन् । तर, लेखाईमा केही त्रुटि भएको बुझ्न सकिन्छ । हुन त प्रीयंका प्रायः चिप्लिरहेकी हुन्छिन ।

आफू गर्भवती अवस्थामा श्रीमान आयुष्मानको आलिङ्गनमा बाधिरहेको तस्विर फेसबुकमा सार्बजनिक गर्दै उनले ‘You can stop asking now ! Yes, we are pregnant’ अर्थात ‘तपाईं अब सोध्न रोक्न सक्नुहुन्छ ! हो, हामी गर्भवती छौं’ । यो लेखाईले दुबैजना गर्भवती भएको कुरालाई प्रष्ट्याउछ । तस्विरको कमेन्टमा पनि धेरैले यो कुरालाई उठाएका छन् । आलोचना र विवादको भुमरिमा परिरहने कार्की अब यो बिषयमा पनि ट्रोलको सिकार बन्ने पक्का छ । जे होस हाम्रो तर्फबाट अग्रिम बधाई ।

प्रतिकृया दिनुहोस्