Saturday, October 23

फेरि सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा ! छिटो हेर्नुस

April 2, 2021 684

सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा !
दाङ । दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । यातायात मजदुरसंग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्

काठमाडौँ उपत्यका खा’नेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेे’त्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वि’तरण थालिएको लिमिटेडले जनाएको छ ।

आजदेखि नयाँबजार, सो’ह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उहाँले भन्नुभयो, ‘केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।’

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार क’रोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताउनुभयो । उहाँका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ ।

यही चैत १५ गतेदेखि उ’पत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ ।

अर्काे प्रशोधन केन्द्रको प’रीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ-साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ क’रोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । रा’ष्ट्रिय गौरवको आयोजना नि’र्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उ’पत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।

 

प्रतिकृया दिनुहोस्