Wednesday, January 20

यो वर्षको दशैँ कोरोना महामारीले घेर्ने पक्का, दिनहुँ हजारौँ संक्रमित फेला परेसँगै यो वर्षको अग्रिम टिकट खुल्न के गर्ला……. ?

October 5, 2020 145

काठमाडौं, असोज १९ । कोभिड संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या घट्दै गएको छ।सोही कारण हरेक वर्ष दसैँ सुरु हुनु एक महिनाअघि खुल्ने अग्रिम टिकट बुकिङ खुल्ने–नखुल्ने टुंगो लागेको छैन।

दुई हप्ताअघि नयाँ बसपार्कबाट दैनिक न्यूनतम १५ सय यात्रु टिकट काट्न आउने गरेकोमा करिब ५० प्रतिशत घटेको नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले बताए । उनले भने, ‘नियमित टिकट काउन्टर नै खाली–खाली छन्।’

तर, यात्रु घटे पनि २५ असोजदेखि अग्रिम टिकट खोल्ने सम्भावना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘शुक्रबार सबै सरोकारवालासँग बस्दै छौँ, त्यसपछि अग्रिम टिकट खोल्छौँ,’ उनले भने।

परिस्थिति अझ भयावह भएर सरकारले नयाँ निर्णय गरे, त्यसैअनुसार हुने उनको भनाइ छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन नागरिकहरूलाई आग्रह गरेको छ।[]

नयाँ पत्रिका दैनिक[][]

प्रतिकृया दिनुहोस्