Wednesday, April 14

“तारा बराल लाई चुनौतीदिदै,छोराछोरीका, गाँस काटेर भएपनि,रंगशाला बनाउने, समाजसेवी पवित्रा गौतम को घोषणा ,

April 1, 2021 119

काठमाडौं:- धुर्मुस–सुन्तली फाउण्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मेची(महाकाली अभियान सुरु गरिएको छ ।”

“रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि मेची–महाकाली अभियान सुरु गरिएको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो अभियान आजदेखि सुरु भएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले बताएका हुन ।”उनका अनुसार रङ्गशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरूको घरदैलोमा पुगेर सहयोग सङ्कलन गर्न लागिएको हो ।”

“रङ्गशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ–आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान सञ्चालन गर्न लागिएको हो ।’ फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।”

एक हप्ता अधि बाट कञ्चनपुरबाट सुरु भएको अभियानमा प्रत्येक जिल्लामा दुईरदुई दिन बसेर त्यहाँ रहेका सहयोगी मनसँग सहकार्य गरी हातेमालो गरिने जनाइएको छ ।”

“घरदैलो अभियानमा धुर्मुससँगै कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाईँ, अर्जुन भुसाल र जिल्ला स्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल छन् ।”

“३० हजार दर्शक क्षमताको रङ्गशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको, आमा समूह, महिला समूहको नाममा, टोल विकास संस्था, सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्था, उद्योग, विद्यालय, क्याम्पस, लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिनेछ ।”

“यहि अभियान लाई समर्थन र सहयोग गर्दै इजरायलबाट समाजसेवी पवित्रा गौतमले धुर्मुस-सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्नका लागि छोराछोरीको गाँस काटेरै भएपनि सहयोग संकलन गर्ने घोषणा गर्नुभएको छ ।”

सामाजिक सञ्जाल फेसबुक मार्फत समाजसेवी गौतमले यस्तो घोषणा गर्नुभएको हो ।”

“क्रिकेट रंगशालाको निर्माण जारी रहेका बेला रकम अपुग भएपछि धुर्मुस-सुन्तलीले घरदैलो अभियान चलाइरहेका बेला गौतमले आफु विदेशी भूमिमा बसेरपनि रंगशाला सम्पन्न गर्न साथिभाईमार्फत जम्मा भएको रकम फाउण्डेशनलाई सहयोग गर्ने वाचा गर्नुभएको हो ।”

“यसैगरी तारा बराल नामकी व्यक्तिले क्रिकेट रंगशाला बनाउँनका निम्ति सहयोग गर्नुको सट्टा भत्काउने अभिव्यक्ति दिएकोप्रति पनि उहाले आपत्ति जनाउनुभएको छ ।”गौतमले धुर्मुस-सुन्तलीले नेपालको माटो अमेरिका लगेर रंगशाला बनाउँन लागेको नभई नेपाल र नेपालीकै विकासका लागि सरकारसँगको समन्वयमा सेवा गरिरहेको भन्दै तारा जस्ता व्यक्तिलाई त्यस्ता निच खाले अभिव्यक्ति नदिन पनि चेतावनी दिनुभयो ।”

“तारा बरालले केही दिनअघि एक यूटुवरमार्फत धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन क्रिकेट रंगशाला बनाएको स्थान उत्पादनमुलक व्यवसाय गर्ने जग्गा भएकोले रंगशाला नै भत्काईदिने भनि अन्तरवार्ता दिएकी थिईन् । ”

“समाजसेवी गौतमले क्रिकेट रंगशाला निर्माणका लागि यसअघिपनि दुईपटक आर्थिक सहयोग हस्तान्तरण गरेको प्रसंग निकाल्दै विदेशी भूमिमा कयौं दाजुभाई दिदीबहिनीहरुले आफु र आफ्ना छोराछोरीको गाँस कटाएर सहयोग गरेको भन्दै तारालाई भत्काईदिने अधिकार कसैले नदिएको पनि स्मरण गराउनुभयो ।”

“यदी धुर्मुस सुन्तलीलले अनियमितता गरेको खण्डमा आम सहयोगी दाताहरु स्वयंमले नै प्रश्न गर्नसक्ने हुँदाहुँदै कुनैपनि सहयोग नगर्ने ताराले घरमै बसेर निच खालका अभिव्यक्ति दिन नमिल्ने उहाको भनाई छ ।”उहाले प्रवासमा बस्ने केही नेपालीहरु मिलेर धुर्मुस-सुन्तलीद्धारा निर्माणाधिन क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग संकलन गरेर पठाउने योजना बनाइरहेको समेत जानकारी दिनुभयो ।”

“गौतमले भन्नुभएको छ, “यस अघि पनि मैले व्यक्तिगत सहयोग गरिसकेको छु । धुर्मुस–सुन्तली डगमगाउन पर्दैन, प्रवासमा भएरपनि हामी तपाईहरुको काम नियालीरहेका छौं । खुट्टा तान्नेहरुको पछि नलागौं, यो क्रिकेट रंगशालामा हामी खेल्दैनौं तर सम्पूर्ण नेपाली र खेल्नेहरुका लागि सान हुनेछ । तपाई हाम्रै नाम हुने छ”

“उहाले सबैको सहयोगमा एक दिन अवश्य क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।”

Continue Reading

प्रतिकृया दिनुहोस्