Sunday, April 11

अघिल्लो दिन काखैमा राखेर ‘बुढा अब विदेश नजाउ’ भन्थि, भोलीपल्टै यस्तो खबर सुन्नुपर्यो भन्दै श्रीमान धरधरी रोए (भिडियो हेर्नुस्)

April 1, 2021 256

राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए । उनको श्रीमती सीता परियार केही दिन देखि हराएकी छन् । एक जना स्थानियले उनलाई शंकास्पद अवस्थामा देखेको भनेपछि अहिले प्रहरीको सहयोगमा उनलाई खोला किनारमा खोजि गरिएको छ । उनलाई खोलामा खोज्दा पनि फेला पर्न सकेकी छैनन् ।

उनले कुनै गलत निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ । आखिर लामो समय विदेश वसेर श्रीमान घर आउने वित्तिकै सीताले किन यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । यो एउटा शंका मात्र हो पुष्टि भएको छैन ।

विदेशवाट आएपछि उनी पोखरा स्थित आफ्नो छोरीको घरमा गएका थिए । श्रीमतीसंगको सल्लाहमै उनी पोखरा गएका थिए । छोरीले नै आमालाई फोन गरेर बाबा आज यहीं बस्नुहुन्छ भनेर आमालाई भनेकी थिइन् । भोलीपल्ट बुवा छोरी वजारमा किनमेल गर्न जान लाग्दा घरवाट फोन आयो, तपाई छिटै घर आउनु भनेर फोन आएपछि उनी घर फर्किएको बताएका छन् । उनले घरमा यस्तो घटना भएको होला भन्ने कल्पना पनि नगरेको बताए ।

श्रीमानले परिवारमा केही विवाद पनि नभएको बताएका छन् । यो पटक कोरोनाको कारण छिटै घर आउन पाएनन् । छुट्टी भएपनि केही ढिलो विदेशवाट आएको बताए । संधै वेला बेलामा छुट्टीमा आउने गरेका थिए । यो पटक परिवारमा अंशवण्डा गर्ने कुरा पनि भइरहेको थियो ।

आफु घरमा नभएको बेलामा घटना भएका कारण परिवारका अरु सदस्यसंग केही भएको हो की भनेर आफुले बुझ्दा पनि कसैले केही नभएको बताएका छन । उनले पती पत्नीको सम्बन्धमा भने कहिल्यै केही नभएको बताएका छन् । आफुले अहिले सम्म श्रीमतीलाइ तँ सम्बोधन पनि नगरेको बताएका छन् । उनले श्रीमतीले भनेकै कारण घर बनाउन लागेको पनि बताएका छन् । श्रीमतीले जे भन्यो त्यही पुरा गर्दै आएको बताएका छन् ।

भिडियो हेर्नुस्:-

प्रतिकृया दिनुहोस्