Sunday, April 11

कञ्चनपुरमा नेपालकै महङगो बस सेवा संचालनमा

April 1, 2021 490

महेन्द्रनगर । कञ्चनपुरमा अत्याधुनिक सेवा सुविधा सहितको बस संचालनमा आएको छ। बुधवार नमस्ते शुल्लाफाँटा यातायात प्रालीले (एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो। नेपालमै सबैभन्दा महङगो १ करोड भन्दा बढी मुल्य रहेको उक्त बसको सेवा महेन्द्रनगर देखी काठमाण्डौमा सेवा दिने गरि संचालन गरिएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ ।
देशै भरी ८ वटा मात्रै यो मोडेलको बस संचालनमा रहेको र अहिले कञ्चनपुरमा २ वटा र बाँकी २ वटा फेरी संचालनमा आउन लागेको नमस्ते शुक्लाफाँटा यातायात प्रालीका अध्यक्ष सिद्धराज बोहराले बताए।

प्रतिकृया दिनुहोस्