Wednesday, April 14

छिटो हेर्नुस, चितुवासँग मोटरसाइकल ठोकिएपछि के भयोत ?

March 31, 2021 74

रतको रनथम्बोर राष्ट्रिय निकुञ्जमा तीनजना मानिस बाइक चढेर गइरहेको बेलामा चितुवासँग ठोकिन पुगेका छन् । यसले निकुञ्जभित्र वन्यजन्तु व्यवस्थापन र गाडीको आवतजावतका कारण आउने समस्यालाई उजागर गरेको छ । एकजना फोटोग्राफरले यस दुर्घटनाका तस्वीरहरू खिचेका छन् । तिनमा बाटो काटिरहेको चितुवालाई बाइकले हिर्काएको अनि चितुवा भागेको देखिन्छ । बाइक लडेको थियो अनि त्यसमा सवार तीनजनालाई हलुका चोटपटक लागेको छ । चितुवा पनि अलिकति घाइते भएको छ । घटना शनिवार अड्डा बालाजी मन्दिर क्षेत्र नजिक भएको हो । गणेश मन्दिर जंगलको बीचमा छ । त्यहाँ निजी गाडीलाई सोमवार, मंगलवार, बिहीवार र शुक्रवार जान दिइन्छ । मोटरसाइकल चाहिँ जुन बेलामा पनि जान पाउँछन् ।

प्रतिकृया दिनुहोस्