Tuesday, October 20

मयुरको प्वाँख घरमा राख्दा……. यस्ता दोष हट्ने गर्छन्…!

October 4, 2020 43

विश्वभरिका धेरै संस्कृति र परम्पराहरूमा मयुरको प्वाँखले छुट्टाछुट्टै र महत्वपूर्ण प्रतिकात्मकताको भूमिका खेल्दछ। मयुरले सौन्दर्य, सन्तुलन, जागरण, अमरत्व, आध्यात्मिकता, आत्मविश्वास, जागरूकता, नेतृत्व, आत्मप्रेम, र पुनरुत्थानको प्रतिकात्मकताको बोध गराउँदछ।

साथै, यसलाई पूर्वीय दर्शनमा धैर्यता, उदारता र दयाभावको प्रतिकको रुपमा लिने गरिन्छ त्यसैगरी, मयुर चरा आफैँमा यति सुन्दर हुन्छ कि यसले सकारात्मक अहंकारलाई दर्शाउँछ किनभने, अहंकार खराब चीज हो ।

त्यसैले मयुरले आफ्नो सुन्दरता पहिचान गरि सकारात्मकतातिर डोर्याउन मद्दत गर्दछ। भगवान श्रीकृष्णको मुकुटमा सुशोभित मयूरको प्वाँखले जीवनका सबै नकारात्मक ऊर्जा र अन्य पारिवारिक समस्याबाट राहत दिने गर्दछ ।

मयुरको प्वाँख घरमा राख्दा हुन्छन यस्ता फाइदा***

– सानो वा भर्खरै जन्मेका बच्चाहरुलाई छिट्टै आँखा लाग्ने गर्छ भनिने गरिन्छ । यसबाट बच्न भन्दै मयुरको प्वाँखको बुटी बनाएर बच्चालाई लगाइदिने गरिन्छ । साथै, यस्तो गर्दा बच्चाहरुलाई नकारात्मक शक्तिको प्रभाव कहिल्यै पर्दैन।

– यदि कसैको राशिमा राहु ग्रहले निकै हावी गरेको छ भने उनीहरुले मयुरको प्वाँख राख्दा राहुको नकारात्मक प्रभाव हटेर जाने गर्दछ। यसलाई घरमा वा आफुले दैनिक बोक्ने झोला वा पर्समा राख्दा हुन्छ।

– घरमा मयुरको प्वाँख राख्दा दक्षिण–पूर्व कोणमा राख्दा अत्याधिक लाभ हुनुका साथै घरमा अचानक आउने संकटहरु पनि हटेर जनेगर्द्छ।
– घरमा मयुरको प्वाँख राख्दा सर्प तथा अन्य विषालु जीवहरु घरमा प्रवेश नगर्ने तथा शत्रुबाट हुने हानि नोक्सानीको संकटपनि टरेर जानेगर्दछ। त्यसैगरी, प्वाँखमा शत्रु वा विरोधीको नाम लेखेर खोलामा बगाउँदा शत्रु तथा विरोधी परास्त हुने गर्दछन्।

– मयुरको प्वाँख घरममा राख्दा नकारात्मक ऊर्जाहरु सबै हटेर जाने विश्वास गरिन्छ । त्यसैगरी प्वाँखलाई घरमा कुनै एक ठाउँमा राख्दा घरमा सुख सम्वृद्धि र खुसियाली छाउने गर्दछ।

– मयुरको प्वाँखलाई घरमा स्थापित वा राखियो भने देवी लक्ष्मीको कृपा सधैं हुने विश्वास गरिन्छ । त्यसैगरी, यसले गर्दा धन र ऐश्वर्यमा पनि सदैव वृद्धि हुनेगर्दछ।

[][]

प्रतिकृया दिनुहोस्